नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । नवलपरासी–पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् ।

ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकसहित चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?