स्थानीय निर्वाचन : उम्मेदवारले मनोनयन दर्ता गर्दा १९ बुँदे स्वघोषणा गर्नुपर्ने

लोकपथ
175
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउँदा १९ बुँदे स्वघोषणा गर्नुेपर्ने प्रावधान बनाइएको छ ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले स्थानीय कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै सो प्रावधान ल्याएको हो ।

उक्त निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारीसम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकारलगायतका विषयहरु समेत समेटिएको छ ।

निर्वाचनको सन्दर्भमा कानुनले तोकेअनुसार उमेर पुगेको जुनसुकै व्यक्तिले पनि मनोनयन दर्ता गराउँदा १९ बुँदे स्वघोषणा समेत गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?