कालधाराबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

लोकपथ
490
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे तिमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?