पोर्चुगल विश्वकपमा छनोट

लोकपथ
665
Shares

काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल कतार फिफा विश्वकप-२०२२ छनोट भएको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए ।

पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?