काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएका छन् ।
जारी केन्द्रीय कमिटीअन्तर्गत सोमबारको बैठकमा आफ्नो धारणा राख्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
बैठकमा बोल्दै नेता पौडेलले अहिलेको अवस्थामा ओलीलाई बलियो बनाउन नहुने बताउँदै आफूहरु गठबन्धन गरेर जानुपर्ने बताएका हुन् । साथै वर्तमान गठबन्धनमा आबद्ध दललाई मत दिएर पनि गठबन्धनमा राख्नुपर्ने धारणा राखेका छन् ।
‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ, नभए लोकतन्त्र संकटमा पर्छ ।’
त्यस्तै बैठकमा सभापति शेरबहादुर देउवाले गठबन्धन जोगाउने पक्षमा रहेको बताएका थिए । भने महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया