केन्द्रीय समिति बैठकमा गगन थापाले भने- ‘म गठबन्धनको पक्षमा छैन’

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठनबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । देशभरका लाखौँ नयाँ मतदातालाई रुख बाहेक अन्त भोट हाल्न लगाएर अन्य निर्वाचनमा रुखमा भोट हाल्न सक्छन् भन्ने ग्यारेन्टी नभएको बताए ।

‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?’ उनले भने ।

त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले रुखमा मतदान हाल्न नसक्ने आशंका व्यक्त गरे ।

‘अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ थापाले भने ।

शुक्रबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धनको विषयमा आ(आफ्नो धारणा व्यक्त गरेका छन् ।

जारी सोमबारको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर कांग्रेसलाई जिताउन गठबन्धनको आवश्यक्ता रहेको बताएका थिए । भने कांग्रेस नेता शेखर कोइरालाले गठबन्धनको बाटोमा कांग्रेस जान नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?