काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले नौ ओभरमा एक विकेट गुमाएर ८० रन जोडेको छ ।
शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् । यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।
पीएनजीविरुद्ध नेपालको सुरुआती ११ :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र रोहित कुमार पौडेल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया