तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री यी

लोकपथ
168
Shares

काठमाडौं । तीनदिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

शुक्रबार अपराह्न नेपाल आएका उनी आइतबार दिउँसो चीन फर्किएका हुन् ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाइ गरेका छन् ।

उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुसँग भेटघाट गरेका थिए ।

भेटका क्रममा दुईपक्षीय सहयोग आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर भएको छ ।  चीनले नेपाललाई ६० कराेड एमआरबी (११ अर्ब रुपैयाँ) सहयाेग गर्ने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?