काठमाडौं । निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १ सय ७२ जनाले नाम दर्ता गराइसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढ्ने संकेत देखिएको छ ।
तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचयपत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढ्न सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।
गत ५ पुससम्म निर्वाचन आयोगमा १ सय ७२ जनाले आफूलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ ।
५ पुससम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावलीमा रेकर्ड रहेको थियो । जसमध्ये ८२ लाख ११ हजार ९ सय ५४ जना पुरुष छन् भने ८० लाख ३० हजार ९ सय ८४ जना महिला छन् ।
आयोगले फागुन अन्तिमसम्मको म्याद राखेर पुनः नामावली उल्लेख गर्न आह्वान गरेअनुसार आज सार्वजनिक हुने मतदाता नामावलीको संख्या झन्डै २ लाख बढ्ने प्रक्षेपण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया