अन्तराष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको पहिलो अर्धशतक

लोकपथ
161
Shares

काठमाडौं । नेपाली युवा खेलाडी दिपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् । पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खनालले अर्धशतक पुरा गरेका हुन् ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा दोस्रो खेल खेल्दै गरेका ऐरीले ८४ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटीङ गरेको नेपालले खराब सुरुवात गर्दा चौथो नम्बरमा आएका ऐरी र खनालको शतकीय साझेदारीमा राम्रो स्तिथिमा पुगेको छ ।

यसअघि देव खनालले जारी खेलमा अर्धशतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?