जनसेवा हस्पिटलमा पत्रकार र उसका परिवारकाे उपचारमा ५० प्रतिशत छुट

लोकपथ
280
Shares

महोत्तरी । करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भव्य भवन, भित्रसम्म पुग्नका लागी प्यासेजसहितको मोटरबाटो, छेउमा ५ थले भवन, भित्ता-भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सवैलाइ कुनै भव्य पाटी प्यालेसजस्तो लाग्छ ।

तर, यो पार्टी प्यालेस नभएर विगत १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको परिवर्तित संरचना हो यो ।

महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा हालसालै बनेको यो जति महँगो संरचना देखिन्छ त्यति नै स्वास्थ्य सुविधा पनि विस्तार भएको छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवत: मधेश प्रदेश कै उत्कृष्ट संरचना हो ।

अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजीपीसहित ६ जना विशेषज्ञले २४ नै घण्टा सेवा दिइरहेका अस्पतालका सञ्चालक सुमन भुजेलले बताए ।

निजी अस्पताल भए पनि सबै वर्गमा स्वास्थ्य उपचार पहुँचमा पुर्‍याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बीमा योजना ल्याएको छ । अस्पतालमा प्रभावित क्षेत्रलगायत अन्य ठाउँका बिरामीहरुलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत हुने विश्वास लिएकाे भुजेलले बताए ।

निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामा नै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्कोसोपी, एपेण्डिक्समा बिनासर्जरी उपचारजस्ता उत्त्कृष्ट सेवाहरु दिँदै आएको छ ।

अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछि भेन्टिलेटरको सुविधा विस्तार गर्ने जनसेवा अस्पताल जिल्लामा नै दोस्राे बनेको छ ।

एक सय शय्या बेड क्षमता भएको अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेको दाबी गरेको छ ।

`हामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसावले निकै अगाडि छौँ,´ कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।

अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरुलाई समेत स्थायी सुविधाको व्यवस्था गरेको छ । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र पत्रकारका परिवारलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको सञ्चालक भुजेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?