भर्जिनिया : अमेरिकी स्वतन्त्रता दिवसकै दिन अमेरिकाको भर्जिनियामा धादिङका रेशम बजगार्इँको हत्या भएको छ ।
भर्जिनिया राज्यको हरन्जन शहरमा लुटेराले अाक्रमण गरि बजगार्इँको हत्या गरेको हो । लुटेरा समुहले सुनोको ग्यास स्टेशनमा कार्यरत बजगार्इंको टाउकोमा गोली प्रहार गरेको स्थानीय प्रहरीले जनाएको छ ।
बजगार्इँको हत्यामा संलग्न भएको अाशंकमा प्रहरीले १९ बर्षीय मोहम्मद अब्दुल्लाह नामक संदिग्ध बन्दुकधारीलार्इ पक्राउ गरेको छ । निजलार्इ सन्र २०१७ मा पनि प्रहरीले अापराधिक क्रियाकलापमा संलग्न भएकाले पक्राउ गरेको थियो ।
धादिङका बजगार्इँ गएको सेप्टेम्बरमा मात्रै अमेरिका अाएका थिए । उनका श्रीमती र एक बर्षीय नाबालक छोरी रहेको अाफन्तले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया