मधेशको गाउँमा हाेलीकाे साता दश दिनअघिदेखि नै जोगिरा सरर…

लोकपथ
140
Shares

सप्तरी । होली पर्व सुरू हुनु साता–दश दिनअघि नै मधेशका गाउँहरूमा जोगिराको धुन गुन्जिन थालेको छ । पहिला पहिलाजस्तो जोगिरा सरर… धुन नगुन्जिए पनि परम्परा र संस्कृतिलाई निरन्तरता दिनकै लागि मात्रै भए पनि बजाउने गरेको राजविराज( १ की ५० वर्षीया भगवती साहले बताइन्।

उनले भनिन्, ‘पहिला पहिले श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मै फागु गीत गाइने गरे पनि अहिले होलीको केही दिनअघिदेखि मात्रै गुन्जने गरेको छ।’

उनका अनुसार अघिल्लो पुस्तासम्म होलीको एक महिनाअघि नै गाउँगाउँमा ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्यो । अहिले निकै कमी आएको भगवतीको अनुभव छ।

जोगीरा सररर…, कौन ताल पर ढोलक बाजे कौन ताल मृदंङ,  कौन तालपर गोरिया नाचे कौन तालपर हम… भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब सुन्नै मुस्किल भएको राजविराज नगरपालिका(१३ बिषहरियाका ७५ वर्षीया भैरव चौधरीले बताए ।

उनले थपे, ‘पहिलेपहिले त गाउँको कुनै निश्चित ठाउँमा मानिसहरू भेला भई अबेर रातिसम्म जोगिरा गाइन्थ्यो।’

गाउँका केटाकेटी, महिला वृद्धवृद्धा र जोगिरा गाउने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे । गाउँ नै आनन्दित हुने गर्थ्यो ।  तर, अहिले त्यस्तो रौनक नभएको चौधरीको भनाइ छ ।

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै सहर र विदेशिएपछि  जोगिरा सररर।।। मा कमी आएको चौधरीको कथन छ।

होलीको अवसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाइलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका(१ का ७० वर्षीया सुला रजकले बताए ।

होलीको अवसरमा गाइने जोगिरा मधेशको पहिचान र गौरव हो । यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्नेमा रजकको जोड छ ।

उनले थपे, ‘यसको संरक्षणमा युवा वर्ग अगाडि आउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?