खेलकुदमन्त्री गहतराज दुबई प्रस्थान

लोकपथ
7
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन् । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राति दुबई प्रस्थान गरेका हुन् । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई गएका छन् ।
मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री अथकको नेतृत्वमा नेपाली टोली सहभागी हुनेछन् ।
गहतराज आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?