शिक्षा क्षेत्रमा राजनीति भन्दा माथि उठेर सोच्नुपर्छ : प्रकाशमान सिंह

लोकपथ
287
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीति भन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् । राजनितिक पार्टीहरुले सबै विकासका गतिविधिलाई ओभर पोलिटि साइज नगरि प्रजातान्त्रिक बिधिसम्वत तरिकाले कार्य गर्नु पर्ने बताएका छन् ।

आज काभ्रे बहुमुखी क्याम्पस को तेस्रो क्याम्पस सभालाई धुलिखेल मा सम्बोधन गर्दै सम्पुर्ण राजनीतिक पार्टीहरुले भाषण बाजी मात्र नभई शिक्षा, उधोग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए । यसका लागि सम्पुर्ण पार्टीहरुले सोच्नु पर्ने दिन अएको बताउनु हुँदै ।

अबको दिन भनेको आइटी र फाईनान्सको रहेको बताउँदै उनले शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए । फरक प्रसंगमा बोल्दै संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाइ पुनं दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघियता संस्थागत हुन नसकेको उनले बताए ।

संविधान जारी भए पछि बनेको दुई तिहाईको सरकारले आफुले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुख झेल्न बाध्य भएको उनले बताए ।

उनले नेपाली जनतामा विकाशका कार्यलाई हेर्ने भन्दा पनि उखान टुक्का रमाईलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति रहेको उनले बताए । अझै पनि प्राप्त उपलब्धि हरुलाई संस्था गत गर्न प्रमुख राजनीतिक शक्ति हरु मिल्नु को बिकल्प नरहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?