जसपाको संघीय परिषद्को बैठक सुरु

लोकपथ
91
Shares

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ ।

परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराइको अध्यक्षतामा बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शिर्षक रहेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यो दस्तावेज पूर्ण होइन, पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्ने बताए ।

जसपा र अरु पार्टी बीचमा के अन्तर छ, जसपाको अबको कार्यदिशा के हुने लगायतको कुरा यसमा समेटिएको उनले बताए ।
दस्तावेजमाथी सामुहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ भोलीदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?