प्रचण्ड नुवाकोट आएकै दिन माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

लोकपथ
7.7k
Shares

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रका पुराना नेता स्व. पोष्ट बहादुर बोगटीको सालिक अनावरण कार्यक्रमका लागि नुवाकोट आएकै दिन माओवादी केन्द्रका नेता मुकुन्द रिजालले माओवादी केन्द्र परित्याग गरि एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी परिषद्का नेता मुकुन्द रिजालले नेकपा माओवादीमा द्वैद चरित्र संस्थागत हुदै गएकाले पार्टी परित्याग गरेको जनाएका छन्।

नेता रिजाललाई नेकपा एमालेका नेता तथा पुर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले खादा तथा टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?