एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

लोकपथ
595
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।

निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।

‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाईँहरु टेन्डर हाल्नुहोस् र पानुहोेस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?