सुधार गृह फरार युवाको डुबेर मृत्यु

लोकपथ
63
Shares

विराटनगरको सुधार गृहबाट भागेका एक युवा मृतावस्थामा फेला परेका छन् । विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट हिजो फरार भएका सुनसरीको गढी गाउँपालिका २ घर भइ धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियार मृतावस्थामा फेला परेका हुन् ।

सुधारगृहबाट परियारसहित उनका साथीहरु धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । हराएपछि खोजी गर्ने क्रममा परियारको शव आज दिउँसो मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । भागेका अन्य तीन जना भने परिवारको सम्पर्कमा पुगेको पत्ता लागेको प्रहरीको भनाइ छ ।

सिंघीया खोलामा हामफालेर भाग्ने क्रममा परियार डुबेको बताइएको छ । उनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । चारै जनालाई परिवारले सुधारका लागि एक महिनाअघि सुधार केन्द्रको जिम्मा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?