मूल्यवृद्धिको विरोधमा रहेका ट्रक व्यवसायीले बुझाए ज्ञापनपत्र

लोकपथ
0
Shares

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक व्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले पटक–पटक पेटोलियम पदार्थको मूल्य वृद्धि गरेको तर विगत ६ वर्षदेखि ढुवानी भाडा नबढाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

यही फाल्गुन २१ गते पहिलो चरणको आदोलन थालेको र यहि २८ गतेभित्र आफूहरुको माग सम्बोधन नभए २९ गतेदेखि देशैभरिका व्यवसायीले आफ्नो ट्रक घरमै थन्काएर अनिश्चितकालसम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए । ज्ञापन पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले व्यवसायीका समस्या सम्बोधनमा आफूहरुले पहल गर्ने र ज्ञापनपत्र गृह मन्त्रालयमा पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?