बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । ११ लाख रुपैयाँ जरिवाना तोकिएका बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवनमा अनुसार फरार प्रतिवादी अर्घाखाँचीको साविक अर्घातोष वडा नं हाल परिवर्तित मालारानी गाउँपालिका घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ४९ बर्षिय कृष्ण प्रसाद बण्जाडेलाई पक्राउ गरिएको हो ।

बञ्जाडे उपर उच्च अदालत पाटनको बिसं २०७७ पुस २४ गते र बिसं २०७८ मंसिर २१ गतेको फैसलाले बण्जाडेलाई ११ लाख रुपैयाँ जरिवाना र चार दिन कैदको फैसला सुनाएको थियो ।

सो पश्चात फरार रहेका बञ्जाडेलाई बुधबार नयाँ बानेश्वरको थाापागाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको महाशाखाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?