काठमाडौं । भारतको आर्थिक सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा एलपी ग्याँसचुलाे, सिलिण्डरलगायतका सामग्री उपलब्ध गराइने भएको छ ।
मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्याँसचुलाे, सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिलामैत्री समाजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतले नेरु २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा ३ हजारवटा एलपी ग्याँसचुलाे, सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउनेछ ।
यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया