काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सो अवधिमा गरिएको १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ९२ पुगेको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया