हेर्नुहोस् आजकाे विनिमयदर

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ छ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १० पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?