गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न

लोकपथ
0
Shares
n’lDagL, @& df3 M e}/xjfdf lgdf{0ffwLg uf}tda’4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn 6fj/ . t:jL/ M g/]z s];, /f;;

भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ ।

योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो । यो उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुन्छ । आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान, जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने महानिर्देशक अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले छिटोभन्दा छिटो व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?