काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा गर्ने भनेको सम्बोधन स्थगित भएको छ ।
६ दिने औपचारीक चीन भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउने र सम्बोधन गर्ने भनिए पनि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए । तर, दिउँसो १ः३० बजे उनको सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।
भ्रमणका क्रममा भएका रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जनभन्दा बढी विषयमा भएको सहमतिबारे जानकारी गराउन लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया