नेपाली कांग्रेस कैलाली अधिवेशन : मतदाताको क्षमता मूल्यांकन

धनगढी । ‘लोकतन्त्रमा हरेक मानिसले बोल्न, लेख्न, विरोध गर्न पाउ“छ । क्षमताअनुसार निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी दिन पाउ“छ । तर, पछिल्लो समय नेपाली कांग्रेस पार्टीमा ठूला नेताहरूको दमन, हस्तक्षेप बढ्दै गएको छ’, नेपाली कांग्रेस कैलालीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका प्रकाश बहादुर बमले भने, ‘पार्टीमा गरिब, निमुखाभन्दा पनि सुकिलोमुकिलो कोट लगाएका ठूला भनाउ“दा नेताहरूको हातमा जिल्लाको नेतृत्व चयन गर्ने प्रचलन बढ्यो ।’

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले हुने र नया“ नेतृत्व चयन गर्ने प्रक्रिया हो । निर्वाचनमा विभिन्न पदमा उठेका उम्मेदवारहरू विजयी हुनेभन्दा पनि उम्मेदवारलाई विजयी गराउने मतदाताहरूको क्षमतामा पनि भर पर्छ । मतदाताले कस्ता व्यक्तिहरूलाई मतदान गर्छन् र विजयी बनाउ“छन त्यही नै क्षमतामूल्यांकनको आधार हो ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि अहिले केन्द्रदेखि नै हस्तक्षेप बढेको छ । पार्टी सभापति शेरबहादुर देउवाले जिल्लामा संस्थापन पक्ष दुई धारमा गएपछि आधिकारिक उम्मेदवारको टुङ्गो लगाई पठाउनु दुःखद कुरा रहेको उनी बताउ“छन् ।

‘जिल्लाको नेतृत्व यसले गर्नुपर्छ र यही आधिकारिक उम्मेदवार हो भनी पठाउनु र कार्यकर्तामा यसलाई मतदान गर भनी डर, त्रास देखाउनु राम्रो होइन’, उनले भने, ‘मतदातालाई स्वतन्त्ररुपमा आफनो मत हाल्न दिनुपर्छ ।’

नेपाली कांग्रेस पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका नेता बमले मनोनयन दर्ता गर्नुअघि सोही ठाउ“मा आफ्ना केही धारणा राख्न खोजेका थिए । निर्वाचन समितिले सो स्थानमा कुनै पनि भाषण नगर्न आग्रह गरेपछि आक्रोशित उनले भने, ‘यहा“ मलाई बोल्न पनि रोक लगाइन लागेको छ । आफ्नै कार्यालयअगाडि म बोल्न नपाउने हो ?’

सभापतिका उम्मेदवार बम मात्र होइन संस्थापनइतर समूहले पनि पार्टी नेतृत्वले पार्टीलाई गलत दिशातर्फ अघि बढाइरहेको आरोप लगाए ।

‘कांग्रेस विधि, पद्धतिबाट चल्नुपर्छ । हैकमवाद हुनुहुँदैन’ इतरपक्षबाट पार्टी सभापतिका उम्मेदवार रामबहादुर कलेलले भने, ‘अहिले पार्टीमा टीके प्रथा बढी हाबी भयो । पार्टीलाई सही दिशामा अघि बढाउन मैले उम्मेदवारी दिएको हु ।’

उनले पार्टीको नेतृत्व गरेमा गुटउपगुटको अन्त्य गर्ने, हरेक कार्यकर्ताप्रति न्यायोचित ढंगले निर्णय गर्ने, पार्टीभित्र लामो समय योग्दान गरेकाहरूलाई सम्मानजनक पदमा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशनअन्र्तगत आज (आइतबार) नया“ नेतृत्वको लागि मतदान हु“दै छ ।

शनिबार भएको मनोनय दर्ताका क्रममा संस्थापन पक्षका दुई र संस्थापनइतर समूहबाट एक प्यानल गरी तीन प्यानलले मनोनयन दर्ता गरेपछि त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको हो ।

जिल्ला अधिवेशअन्तर्गत मनोनयन दर्ता भएकोमा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतरबाहेक (शेखर कोइराला) पक्षबाट रामबहादुर कलेल सशक्त उम्मेदवार रहेका छन् ।

लामो समयदेखि जिल्ला सभापति पदको आकांक्षी भीम बाहादुर बडुवाल भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका छन्् । भट्टको प्यानलबाट उपसभापतिमा रामप्रुाद चौधरी तथा सचिवमा केशव प्रसाद मिश्र र अमृत बिसी रहेका छन् । त्यस्तै, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ ।

संस्थापनबाहेकका पक्षबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ‘आगो’, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ ।

पार्टीका वर्तमान प्रदेश महामन्त्री नरनारायण शाह (मनु)ले जिल्ला सभापतिमा प्रकाश बमको प्यानललाई समर्थन गरेको जनाइएको छ भने पार्टीका केन्द्रीय सदस्यहरूको समर्थन भने भट्ट प्यानललाई रहेको छ ।

‘सभापतिका आकांक्षी भट्टको प्यानल नै आधिकारिक हो । हामी उहा“को नेतृत्वमै कार्यसमिति निर्माण गर्नेछु’ भट्टको पार्टीका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘यस टिममा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसहरूलाई समेटिएको छ । कसैलाई पनि अन्याय हुने गरी टिम बनेको छैन ।’

भट्टलाई पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड मात्र नभई केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, रणबहादुर रावल, सुशीला मिश्र भट्ट, जीवन राना, पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्वजिल्ला सभापति दीर्घराज भाट, राष्ट्रियसभाका सदस्य नारायणदत्त मिश्र, मोहनसिंहको राठौरलगायतको समर्थन छ ।

संस्थापन पक्षकै तीन प्यानल बनेपछि संस्थापनइतर समूहको प्यानललाई निर्वाचित गराउन आन्तरिक रुपमा रणनीति तयारी भइरहेको छ ।

‘कैलाली जिल्लामा संस्थापन पक्षको बलियो उपस्थिति रहेको छ । उनीहरू एक भएमा इतर समूह विजयी हुने देखिँदैन’, पार्टीका एक नेताले भने, ‘अहिले तीन समूहमा विभाजन भए मत पनि बा“डिने देखिन्छ । तर इतर समूहको मत एक रुपमा आउ“दा केही मतान्तरले इतर समूहलाई विजयी गराउन सकिन्छ ।’

जिल्लामा २०७४ सालको निर्वाचनमा पार्टीका सभापति शेरबहादुर देउवापत्नी नेतृ डाक्टर आरजु राणा देउवा पराजित भएकी थिइन् । अब हुने निर्वाचनमा आफ्नो वर्चश्व कायम राख्न नेृत आरजुले पार्टीको जिल्ला अधिवेशनमा बडो चासो राखेको एक नेताले बताए । सोहीअनुसार उनले आफ्नो पक्षका व्यक्तिलाई जिल्ला सभापति बनाउन हस्तक्षेप गरिरहेको बताइन्छ ।

संस्थापन पक्षका सभापतिका आकांक्षी बम भने पछि हटेनन् ।

उनले भने, ‘म पार्टीको उपसभापति भइसकेकोले पार्टीमा सभापतिको दाबी गर्नु स्वाभाविक हो । म कुनै पनि हालतमा पछि हट्दैन । अबको सभापति म हु“ ।’

उनले आफ्नो नेतृत्वमै निर्वाचनका लागि टिम नै घोषणा गरी चुनाव लड्न तयार रहेको बताए ।

‘मलाई सभापतिबाट पछि हटाउन विभिन्न पदको प्रलोभन देखाइरहेका छन् । कहिले भूमि आयोगको अध्यक्ष बनाइदिन्छु । केहीले राजदूत बनाइदिन्छु भन्दै सो पदबाट पछि हट्न दबाब दिइरहेका थिए’, उनले भने, ‘म राजनीति गर्ने व्यक्ति हु“ । म पार्टीको राजनीतिभन्दा कुनै पनि पदका लागि पछि हट्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?