स्वदेश फर्केपछि ओलीले भने : भ्रमण ‘ऐतिहासिक र अभूतपूर्व’ (फोटो फिचर)

काठमाडौं । ६ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमिण्डल आज स्वदेश फर्किएको छ । 

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । 

१ सय २० जनाको जम्बो टोलीसहित चीन पुगेका प्रधानमन्त्री भ्रमणलाई ’ऐतिहासिक र अभूतपूर्व’ विशेषण लगाएर व्याख्या गरेका छन् । 

प्रतिनिधि मण्डलले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च राजनीतिक भेटवार्ता गरेको थियो ।

चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो । 

प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ लगायत छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?