गजुरीमा सालकको खपेटासहित दुई जना पक्राउ

लोकपथ
49
Shares

धादिङ । गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित दई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ बस्ने २४ वर्षीय शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना ८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?