भीम रावलको प्रश्न : ‘प्रतिपक्षी दल विरोध गरिरहँदा एमसीसी कसरी टेबल हुनसक्छ ?’

लोकपथ
252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले संसदमा प्रमुख प्रतिपक्षी दलले विरोध गरिरहँदा कुनै पनि विधेयक पेस गर्न नहुने बताएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना गर्न नहुने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद विरोध गर्दै आइरहेको छ ।

सोही क्रममा बोल्दै नेता रावलले प्रश्न गरे, ‘प्रतिपक्षी दल विरोध गरिरहँदा एमसीसी कसरी टेबल हुनसक्छ ?’

आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग प्रतिवेदन (एमसीसी) टेबल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?