बैठक सुरु हुनअघि नै संसद भवन पुगे प्रधानमन्त्री देउवा

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् ।

सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?