काठमाडाैं । राष्ट्रिय जनमोर्चाले आफूहरुको सहमति बिना नै सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई संसदमा टेबल गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेको थियो । ५ दलीय गठबन्धन भनिए पनि राष्ट्रिय जनमोर्चा भने आजको बैठकमा उपस्थिती थिएन । सुरुबाटै एमसीसीको विरोध गर्दै आइरहेको जनमोर्चाले आफूहरुलाई बोलाउँदै नबोलाइ पारित गरेकोप्रति आपत्ति जनाउँदै जनमोर्चाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संचार माध्यमहरुद्वारा पाँच दलीय गठबन्धनका कतिपय पक्षहरु त्यसलाई संसदमा टेबल गर्न सहमत भएका समाचारहरु बाहिर आएका छन् । कतिपय पक्षहरु त्यसका लागि समहत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामी त्यसका लागि सहमत नभएको कुरा सर्वविदित नै छ । हाम्रो पार्टी पनि पाँच दलीय गठबन्धको एउटा घटक हो । त्यो अवस्थामा हाम्रो पार्टी सहमत नहुँदै गठबन्धनमा त्यसका लागि सहमति भएको भन्न मिल्दैन ।’
विज्ञप्ति हेर्नुहोस्
कतिपय पत्रपत्रिकाहरुमा एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षित भएको छ ।
हाम्रो पार्टीकोे एमसीसीलाई सम्पूर्ण रुपले अस्वीकार गर्नु पर्छ भन्ने पहिलेदेखि नै दृढ मत रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो मत कायमै छ । त्यसका साथै एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरु हुने भएकाले त्यसलाई संसदमा विचारार्थ टेबल पनि गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ ।
त्यो अवस्थामा त्यसलाई संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको छ भन्ने समाचार सत्य नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । संचार माध्यमहरुद्वारा पाँच दलीय गठबन्धनका कतिपय पक्षहरु त्यसलाई संसदमा टेबल गर्न सहमत भएका समाचारहरु बाहिर आएका छन् ।
कतिपय पक्षहरु त्यसका लागि समहत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामी त्यसका लागि सहमत नभएको कुरा सर्वविदित नै छ । हाम्रो पार्टी पनि पाँच दलीय गठबन्धको एउटा घटक हो । त्यो अवस्थामा हाम्रो पार्टी सहमत नहुँदै गठबन्धनमा त्यसका लागि सहमति भएको भन्न मिल्दैन । गठबन्धनका गत कतिपय बैठकहरुमा हाम्रो पार्टीलाई आमन्त्रित गर्ने गरिएको छैन । सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउदा सर्वसमहति हुन नसक्ने भएकोले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकोले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरुबाट अलग राखिएको हुन सक्दछ । जेहोस्, एमसीसी वा त्यसलाई संसदमा टेबल गर्ने सोचाइका विरुद्ध आफ्नो दृष्टिकोण स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो ।
अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ । एमसीसीबारे मतभेद भएता पनि अन्य पक्षहरुको बीचमा मतभेदहरुका बीचमा सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयत्न भइरहेको छ । तर हाम्रो पार्टी एमसीसीबारे त्यसप्रकारको कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा छैन । त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ । तर जुनसुकै कारणले भए पनि गठबन्धन टुटेमा त्यसले देशलाई प्रतिगमन र अधिनायकवाद वा फाशिष्ट शासनतिर लैजाने छ भन्ने हाम्रो पहिलेदेखिको मत रहँदै आएको थियो र अहिले पनि छ । कुनै पनि कारणले गठबन्धनलाई तोड्ने कुरा अदूरदर्शीतापूर्ण हुनेछ र त्यसका गम्भीर र दुरगामी दुष्परिणामहरु हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया