ओली–सी ‘वान टु वान वार्ता’

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ । सो भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका छन् । 

राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताउँदै उनले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् । 

बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिब ४५ मिनेट वान टु वान वार्ता भएको थियो । वार्तामा नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने राष्ट्रपति सीले बताए । 
लगतै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ ।

उक्त वार्तामा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्बन्धबारे पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?