नेपालमा गरिने लगानी वास्तवमै नाफामूलक : प्रधानमन्त्री ओली

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गरेका छन् । 

बुधबार चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्ध परिषद्ले बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक रहेको अवगत गराए ।  

नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको प्रष्ट पारे । 

त्यस्तै सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्नुका साथै दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडी बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?