काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश राना र महामन्त्रि कुन्दन राज काफ्ले समेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी ध्यानकार्षण गराएका छन् ।
महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको छ ।
अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया