मकवानपुर : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीभित्र झ्यांगिएको गुट-उपगुट हटाउन नेतृत्वलार्इ अाग्रह गरेका छन् ।
मंगलबारदेखि हेटाैंडामा शुरू पार्टीका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाबाटै पार्टी एकढिक्का भएको सन्देश दिनु नेतृत्वसँग माग गरेका हुन् । स्थानीय, प्रदेश र केन्द्रको चुनावमा पार्टी पराजयको सहायक कारण विभिन्न भएपनि पार्टीभित्रको गुटका कारण चुनावी समस्या अाएको जिल्ला सभापतिहरूले बताएका छन् ।
राष्ट्रिय भेलामा सहभागी पार्टीका शीर्ष नेतृत्वले पार्टीलार्इ एकता र सहकार्यका अाधारमा अघि बढाउनुपर्ने बताएका छन् । दुर्इ किनारामा रहेका दुर्इ कम्युनिष्ट पार्टीबीच एकता भएको, तर कांग्रेसभित्र गुट र उपगुटलार्इ बलियो बनाउने प्रतिष्पर्धा चलेकोमा जिल्ला सभापतिहरूले नेतृत्वप्रति रोष प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया