प्रचण्डले भने- ‘हाम्रो जोड गठबन्धन जोगाउने र एमसीसीलाई निकास दिने हो’

लोकपथ
217
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले गठबन्धन जोगाउन जोड दिने बताएका छन् ।

बिहीबार दिउँसो माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का नेताहरुसँग छलफलपछि सो प्रतिक्रया दिएका हुन् ।

‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’ सञ्चारकर्मीहरुसँग उनले भने ।

साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल गर्न साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?