काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) नराख्ने सुनाएका छन् ।
आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख सापकोटाले सो कार्यसूची सुनाएका हुन् ।
केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको थियो । तर सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा कार्यसूचीबाट हटाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफलपछि सत्तारुढ गठबन्धनको बैठकपछि मात्रै एमसीसीलाई संसदमा लैजान लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया