मकवानपुर : ७७ वटा जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला अाजदेखि हेटाैंडामा शुरू भएको छ । ३ दिने भेलाले पार्टी एकतालार्इ थप मजबुद पार्ने कांग्रेसले दाबी गरेको छ ।
भेलाको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् । ११ बजेदेखि शुरू हुने भेलामा अागामी महाधिवेशन, पार्टीको विधान संशोधन, संगठन र वर्तमान राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बुधबार (भोली) देखि बन्दसत्र शुरू हुने र सो बन्दसत्रमा सवै जिल्लाका सभापतिहरूले अाफ्नो जिल्लाको रिपोर्टिङ गर्ने कार्यक्रम छ। स्थानीय, प्रदेश र प्रतिनिधीसभा चुनावमा पराजय भोगेको कांग्रेसभित्र चरम अान्तरिक कलह छ। सभापति देउवामाथि बरिष्ठ नेता रामचन्द्र पाैडेल र प्रभावशाली नेता कृष्ण सिटाैलालगायतले घेराबन्दी गरिरहेका छन् ।
पार्टीका महत्वपूर्ण भातृ संगठनहरूमा देउवा पक्षले लगातार हार व्यहोरिरहेको छ । जिल्ला सभापतिको भेलामा पनि देउवाविरोधी खेमा एकजुट भएर पार्टी नेतृत्वको अालोचना गर्ने तयारी रहेको पाैडेलनिकट स्रोतले जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया