नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटीटीएच) सेवा ग्रामीण क्षेत्रका बासिन्दाको रोजाइमा पर्न थालेको छ ।
लामो समयदेखि निजी लगानीका इन्टरनेट सेवा लिइरहेका ग्रामीण क्षेत्रका बासिन्दाले त्यसलाई हटाउँदै टेलिकमको फाइबर सेवा लिन थालेका हुन् ।
भद्रपुर नगरपालिका–९ का अधिवक्ता मणि पराजुलीले निजी क्षेत्रको सेवाभन्दा नेपाल टेलिकमको फाइबर सेवा राम्रो र भरपर्दो भएको बताए । उनले आफूले मात्र नभएर गाउँका अधिकांशले नेपाल टेलिकमकै फाइबर सेवा लिन थालेको जानकारी दिए ।
फाइबरबाटै टेलिफोन (ल्याण्डलाइन), इन्टरनेट र टेलिभिजन (आइपीटीभी) सेवा समेत पाउन थालेसँगै उपभोक्ता नेपाल टेलिकमप्रति नै आकर्षित भएर सेवा लिन आउन थालेको नेपाल टेलिकम चन्द्रगढीका प्रमुख सतिश कर्णले बताए । उनले भद्रपुरका सबै वडाका प्रायः सबैले टेलिकमको सेवा लिन थालेको बताए ।
प्रमुख कर्णले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५०० भन्दाबढीले फाइबर इन्टरनेट सेवा लिएको बताए । उनका अनुसार भद्रपुर कार्यालयअन्तर्गत रहेको क्षेत्रमध्ये पूर्वमा घोडामारामा रहेको हडिया पुल, दक्षिणमा मेची क्याम्पस, उत्तरमा पुहाँतुबारीसम्म सेवा विस्तार भइसकेको छ ।
उनले भद्रपुरको गार्मेन्ट चोक, हर्चना हुँदै लेखनाथ चोकसम्म सेवा विस्तार गर्न अप्टिकल फाइबरको तार बिछ्याउन पहल भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया