एमाले संसदीय दलको बैठक, के-के भयो निर्णय ?

लोकपथ
476
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ ।

बैठकमा विभिन्न विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘अहिलेको गठबन्धनले दर्ता गरेको प्रस्तावलाई कसरी हेर्ने ? एमसीसीलाई कसरी हेर्ने ? भन्ने लगायतका विषयमा छलफल भएको छ ।’ प्रमुख सचेतक भट्टराईले भने । त्यसैगरी आफ्ना मागहरु पूरा नभएसम्म आफूहरुले संसद अवरोधलाई निरन्तरता दिने उनको भनाइ रहेको छ ।

‘हाम्रा मागहरु पूरा नभएसम्म संसदको अवरोध कामय नै रहन्छ । ’उनले भने ।

त्यस्तै आफूहरुले सभामुख र ४ न्यायाधीशहरुविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारी नभएको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?