एमाले संसदीय दलको बैठक जारी

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरस्थित लोत्सहलमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको एक नेताले जानकारी दिए ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै एमालेले संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित मुख्य रुपमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगका विषयमा छलफल गर्ने बताइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रणनीति बनाउने समेत एक नेताले बताए । लामो समयदेखि संसदमा अवरोध गरिरहेको एमालेले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने रणनीति तयार गर्न लागेको ती नेताको दाबी रहेको छ ।

आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता हुनुलाई अप्रत्यासित मानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?