काठमाडौं । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसीसीलाई राजनीतिक रङ्ग दिएर विरोधीले परियोजनाको अपव्याख्या गर्नु राष्ट्रहितविपरीत भएको बताएका छन् ।
शनिबार लोकपथ डट कमले आयोजना गरेको ‘एमसिसीको यथार्थ र आवश्यकता’बारेको अन्तरक्रियामा बोल्दै सुवेदीले सो कुरा बताएका हुन् ।
त्यस्तै एमसीसीको विषयमा ठूलै नेताहरुले विरोध गरिरहेकोप्रति आपत्ति जनाउँदै आम मानिसलाई बुझाइएजस्तो एमसीसी पास भए अमेरिकी सेना नेपालमा नआउने समेत स्पष्ट पारे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मिलाएर एमसीसी पास गर्ने वा नभएमा फरक निर्णय लिन समेत सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित अन्य राजनीतिक विश्लेषक, कानुनविद् तथा विज्ञहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया