‘संघ र प्रदेशको निर्वाचनमा एमालेले दुई तिहाइ बहुमत ल्याउँछ’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाइ बहुमतसहित जित हासिल गर्ने दाबी गरेका छन् ।

शुक्रबार सातै प्रदेशको स्थानीय तहको निर्वाचनको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
‘वर्तमान गठबन्धन रहेपनि संघीय र प्रदेशको निर्वाचनमा हामी बहुमत प्राप्त गर्नेछौँ।’ ओलीले भने ।

त्यस्तै अझै पनि निर्वाचनलाई बिथोल्न केही पार्टी लागेको बताउँदै उनीहरुलाई निर्वाचन अगावै भाग्न भन्दै टिप्पणी गरे ।

गत निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले अत्यन्तै राम्रो काम गरेको दाबी गर्दै धन्यवाद समेत व्यक्त गरे ।

‘हाम्रो पार्टीबाट जित्नुभएका जनप्रतिनिधिहरुले असाध्यै राम्रो काम गर्नुभएको छ । म सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?