काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि स्थानीय तहको निर्वाचन हुन सक्नेमा आशंका व्यक्त गरेका छन् ।
शुक्रबार देशभर स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सरकारले तोकिएको समयमा नै निर्वाचन गराउन सजगता अपनाउने बताउँदै गठबन्धनले चुनाव सार्न सक्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
‘तोकिए अनुसार नै निर्वाचन गराउन सजगताका साथ लाग्नेछाैँ । एकचरणमा निर्वाचन गर्ने भनेर घोषणा हुँदा पनि गठबन्धनबाट यस्ता कुरा आइरहेको छ कि चुनाव सार्न सक्ने षडयन्त्र भइरहेको छ ।’ ओलीले भने ।
सरकारले तोकेको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको असाधारण महत्व रहेको बताउँदै यसले ठूलो राजनीतिक फैसला गर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया