काठमाडौं । सरकारले कोरोनाविरुद्धको २४ लाख डोज खोप गायब नभएको स्पष्ट पारेको छ ।
आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशभरबाट तथ्यांक नआएका कारण खोपको आंकडा नमिलेको बताए ।
गाउँगाउँमा पठाएको कोरोना खोपको सही तथ्यांक नआएको र खोप प्याकेटबाटै खेर जाने अवस्थाले खोपको आधिकारीक तथ्यांक नआएको उनको भनाइ रहेको छ ।
‘‘खोप हराएको हैन । हामी गाउँगाउँ र गाउँको पनि टोल टोलमा हाम्रा स्वास्थ्यकर्मी खोप बोकेर जानुभएको छ । त्यसको रेकर्ड हामीलाई संस्थागत रुपले माथि संघमा आउन बाटामा रहेको ग्याप र वेस्टेटको कारण प्रत्येक ठाउँमा प्रत्येक दिन खेर जान्छ ।’ उनले भने ।
त्यस्तै खोप हराएको सन्दर्भमा सरकारले कार्यदल बनाएर दुई हप्ताभित्र रिपोर्ट बुझाउन भनिएको सो रिपोर्ट आएपछि सत्यसत्थ बाहिर आउने उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया