मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह

लोकपथ
168
Shares

महोत्तरी । आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन ।

मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै उनले अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उनले जिकिर गरे ।

गौशाला(८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर्फ लागिरहेका बेला मधेसमा मधेस प्रदेश नामले पनि राहत प्रदान गरेको बताए ।

‘हाम्रो पार्टीले सदियौँदेखि पहिचानसहितको मुद्दा उठाउँदै आएको छ । यो मधेस प्रदेश नामांकरण पनि ऐतिहासिक सफलता हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?