एमसीसीबारे प्रचण्डलाई ओलीको फोन : के भने ?

लोकपथ
1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा सबैभन्दा पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने प्रस्टाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोनमार्फत प्रतिपक्ष दल एमालेलाई स्थिति प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सत्तारुढ दल पहिलो स्पष्ट हुनुपर्नेमा जोड गरेका हुन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसीमा एमालेले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत् आग्रह गरेको थिए । ‘पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ(तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४(५ महिनामा पारित गर्छौ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीलाई उद्यृत गर्दै रिजालले जानकारी दिए, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग एमसीसीका बारेमा पहिला धारणा बनाउनु पर्ने एमालेका पुर्ववतः भनाइ कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?