काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले छिट्टै बाँकी १६ जिल्लाको अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले सो कुरा बताएका हुन् ।
‘छिट्टै बाँकी रहेको १६ जिल्ला र केही क्षेत्रीय अधिवेशन हुन्छ । त्यसको लागि केन्द्रीय निर्वाचन समितिले छलफल गरिरहेको छ ।’उनले भने ।
नेपाली कांग्रेसको १४औँ महाविधेशन अन्तर्गत १६ जिल्लाको जिल्ला अधिवेशन बाँकी रहेको छ ।
त्यस्तै आजको बैठकमा मुख्यतयः अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा छलफल भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया