देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

लोकपथ
28
Shares

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?